
काठमाडौं, १२ कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ ।
आइतबार राति भएको खेलमा चेल्सीले न्यु क्यासल युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण ३ अंक लिन सफल भएको हो । चेल्सीको जितमा कोल पाल्मरको प्रदर्शन शानदार रह्यो ।
पहिलो हाफमा चेल्सीले बलियो पकड जमाए पनि पाल्मरले गरेको एक गोल भिएआरको कारणले अस्वीकृत भयो । खेलको १८औँ मिनेटमा पाल्मरले उत्कृष्ट पास दिएर पेद्रो नेटाले बल अघि बढाएका थिए भने उनले अनमार्क्ड अवस्थामा रहेका निकोलस ज्याक्सन पास दिएपछि गोल भएको थियो । तर, ३२औँ मिनेटमा न्युकासल खेलमा फर्कन सफल भयो । एलेक्जेन्डर इसाकले बराबरी गोल गरेका थिए ।
दोस्रो हाफको सुरूवातमा इसाकले एक गल्ती गर्दै पाल्मरलाई बल प्रदान गरे । जसबाट उनले गोल गर्दै चेल्सीलाई २-१ को अग्रता दिलाए । त्यसपछि पनि इसाकले गोलको अवसर पाए तापनि उनले अवसर गुमाए, जसका कारण न्युकासलले बराबरी गोल गर्ने मौका गुमायो । अन्ततः चेल्सी २-१ को नतिजामा सन्तुष्ट भयो ।
चेल्सी ९ खेलबाट १७ अंकसहित तालिकाको पाँचौं स्थानमा छ । न्यु क्यासल भने समान खेलबाट १२ अंकका साथ तालिकाको १२ औं स्थानमा छ ।
प्रिमियर लिगमा म्यानचेस्टर सिटी २३ अंकका साथ शीर्ष स्थानमा छ ।








प्रतिक्रिया