२४ जेष्ठ २०८३, आइतबार

अनुमति बिनै थाइ एयरको जहाज काठमाडौं आएपछि कारबाहीमा

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ कार्तिक । थाइ एयर एसियाको जहाज बिना अनुमति काठमाडौं आएपछि कारबाहीमा परेको छ ।

नेपाल नागरिक उड्डयन मन्त्रालयलले थाइ एयर एसियालाई कारबाही गरेको हो । बैंककबाट यात्रु लिएर आएको एफडी १८२ उडान जम्बरको जहाजलाई सुरूमा विमानस्थलमा अवतरण गर्न दिइएको थिएन ।

अन्ततः तीन फन्को लगाएपछि बल्ल अवतरण गर्न दिइएको हो । आज उडान तालिका नै नभए पनि जहाजले यात्रु बोकेर काठमाडौं आएको थियो । थाइ एयर एसियाको हिजोबाट समर सेड्युल सकिसकेको छ।

प्राधिकरणले अर्को सूचना नआउन्जेललाई थाइ एयर एसियाको नियमित उडान र जिएसए (युनिभर्सल टुर्स एण्ड ट्राभल्स) लाई टिकट काट्न रोक लगाएको छ ।