१७ असार २०८३, बुधबार

कांग्रेस र एमालेका नेताहरुमाथि पनि प्रश्न उठे अनुसन्धानको दायरामा आउँछन् : ईश्वर पोखरेल

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ कार्तिक । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारी ठगी प्रकरणमा काँग्रेस र एमालेकै नेताहरूमाथि प्रश्न उठेपनि अनुसन्धानको दायरामा ल्याइने बताएका छन् ।

एमाले ३१ नम्बर वडा कमिटीले आइतबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमका बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले सहकारी ठगीमा कसैलाइ पनि छुट नदिइएको बताएका हुन् ।

अनियमितता गर्ने जोकोहीलाई छुट नहुने र कारवाही गनुपर्छ भन्नेमा एमाले दृढ रहेको उनको भनाइ छ । अर्को प्रशंगामा उनले कमजोरीलाई लिएर सामाजिक सद्भाव फैलाउने कोशिष कोशिष भइरहेको बताए ।

आगामी निर्वाचनमा कांग्रेस र एमालेबीच प्रतिष्पर्धा हुने भएपनि मुलुकमा संकट परेका कारण अहिले एक हुनु परेको स्पष्ट पारे ।