
काठमाडौं, ९ कार्तिक । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता एवं सूचना, प्रबिधि तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार मन्त्रिपरिषद्ले गरेका १२ निर्णय सार्वजनिक गरेका हुन् ।
मन्त्रिपरिषद्का निर्णयमा बबई सिँचाइ आयोजनाका लागि ६५ हेक्टर जग्गाप्राप्ति गर्न स्वीकृति दिनेदेखि लिएर जनक शिक्षा सामग्री केन्द्रलाई हुलाक टिकट छाप्न दिनेसम्म विषय समेटिएका छन् ।
यस्ता छन् निर्णयहरू –
१ . बबई सिँचाइआयोजनाको लागि बर्दिया जिल्ला, गुलरिया नगरपालिकामा करिब ६५ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने ।
२. २०८१ कात्तिक २१ देखि २७ सम्म मेक्सिकोमा दुईपक्षीय र बहुपक्षीय बैठकहरूमा सहभागी हुन कृषि तथा पशुपन्छी विकास मन्त्रीलाई स्वीकृति प्रदान गर्ने ।
३. पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका वडा नं ५ मा भएको विस्फोटमा परी मृत्यु भएकादिप्सन साँवा र प्रिन्सा साँवाको एका घरको परिवारलाई प्रति परिवार बील बमोजिम बढीमा पाँच लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने ।
४ .स्लोभानियासमेतकाविभिन्न ११ स्थापनकाअवैतनिक वाणिज्यदूत ÷ ्र महावाणिज्यदूतहरूको पदावधि एक अवधि (चार वर्ष) का लागिथप गर्ने।
५. २०८१ मङ्सिर २५ देखि २७ सम्म फिलिपिन्सको मनिलामाआयोजना हुने ‘High Level 16th Regional Environmentally Sustainable Transport Forum in Asia’ विषयक कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।
६. २०८१ कात्तिक १३ देखि १५ सम्म कतारमा आयोजना हुने Family and Contemporary Megatrends विषयक सम्मेलनमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।
७. ठुलो खोला जलविद्युत आयोजनाको २२० के.भि. प्रसारण लाइन आयोजना निर्माणको लागि म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिकामा रहेको राष्ट्रिय वनको कुल ६.०६ हेक्टर जग्गाप्रयोग गर्न स्वीकृति दिने ।
८. शिक्षा, विज्ञान तथा प्रविधि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई हुलाक टिकट, जग्गा धनी दर्ता प्रमाण पुर्जा र भिसा स्टिकर छपाइ गर्न स्वीकृति दिने।
९ . सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत सञ्चालित तराई मधेश समृद्वि कार्यक्रम अन्तर्गत आ.व. २०८१/८२ को लागि अधिकृतस्तरका ३ अस्थायी दरबन्दी स्वीकृत गर्ने ।
१०. सीमा प्रशासन कार्यालय व्यास छाङरु दार्चुला, सीमा प्रशासन कार्यालय पशुपतिनगर इलाम र अध्यागमन कार्यालय पशुपतिनगर इलाम खारेज गर्ने । साथै, अध्यागमन कार्यालय कोरोला मुस्ताङ, अध्यागमन तथा सीमा प्रशासन कार्यालय टिंकर दार्चुला र अध्यागन तथा सीमा प्रशासन कार्यालय पशुपतिनगर इलामको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने ।
११. स्वास्थ्य तथा जनसङ्ख्या नेपाल फार्मेसी परिषद्को सदस्य पदमा डा. सभ्यता गौतम, काठमाडौं र विष्णुप्रसाद कंडेल, बागलुङलाई मनोनयन गर्ने ।
१२. नेपाल प्रशासन सेवा समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त एक पदमा कायम मुकायम प्रमुख सचिव रघुराम विष्टलाई बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशमा पदस्थापन गर्ने ।








प्रतिक्रिया