१६ असार २०८३, मंगलबार

सुप्रिम सहकारी ठगी अनुसन्धान गर्न सीआईबीको टोली बुटवलमा

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, ९ कार्तिक । बुटवलको सुप्रिम सहकारी ठगीको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली बुटवल आइपुगेको छ ।

डीएसपी सुन्दर तिवारीको नेतृत्वमा टोली बुटवल आएको हो । सुप्रिम सहकारी ठगीमा पनि सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेको नाम पनि जोडिएको छ ।

गत असोज ५ गते सहकारीपीडित नारायणबहादुर पहराईलगायतले रवि लामिछानेसहित १२ जनाविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा पूरक जाहेरी दिएका छन्।