
काठमाडौं, ८ कात्तिक । नेपाल साफ माहिला च्याम्पियनसिप-२०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६-० गोलअन्तरले पराजित गर्दै नेपाल समूह ‘बी’को विजेता बनेको हो ।
नेपालले अब सेमिफाइनलमा आइतबार समूह ‘ए’ को उपविजेता भारतसँग खेल्ने छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा नेपालले पहिलो हाफमा श्रीलंकाविरुद्ध चार गोलको अग्रता लिएको थियो । पहिलो हाफमा नेपालका लागि रेखा पौडेलले दुई तथा सावित्रा भण्डारी (साम्बा) र सविता राना मगरले एकएक गोल गरिन् । सविताले खेलको आठौँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।
यस्तै, खेलको ११औँ मिनेटमा नेपालका लागि सावित्राले गोल गर्दै २-० को अग्रता दिलाइन् ।
यसैगरी, खेलको १३औँ मिनेटमा रेखाले गोल गर्दै नेपाललाई ३-० को अवस्थामा पुर्याइन् ।
यस्तै, रेखाले नै खेलको ३६औँ मिनेटमा थप गोल गर्दै नेपाललाई पहिलो हाफमा ४-० को अग्रता दिलाइन् ।
दोस्रो हाफमा नेपालले दुई गोल मात्र गर्न सक्यो । दोस्रो हाफमा अमिशा कार्की र रश्मीकुमारी घिसिङले एकएक गोल गरिन् । अमिशाले खेलको ४७औँ मिनेटमा तथा रश्मीले खेलको ९४औँ मिनेटमा गोल गरिन् ।








प्रतिक्रिया