
काठमाडौं, ८ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीले भोलि (शुक्रबार) काठमाडौंको माइतीघर मण्डलामा जम्मा हुन आह्वान गरेको छ ।
काठमाडौंमा आन्दोलन केन्द्रीत गर्ने निर्णयअनुसार रास्वपाले भोलि काठमाडौंमा प्रदर्शन गर्न लागेको हो । दिउँसो १ बजे पार्टीले माइतीघर मण्डलामा जम्मा हुन कार्यकर्तालाई आह्वान गरेको छ ।
दुई तिहाइ सरकारको दम्भ र प्रतिशोधपूर्ण कदमविरुद्ध उत्रिन सार्वजनिक रूपमा अपिल गरेको रास्वपाका केन्द्रीय सदस्य पुकार बमले जानकारी दिए ।
पार्टी सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा पक्राउ गरेपछि रास्वपा आन्दोलित भएको छ ।








प्रतिक्रिया