
विराटनगर, ८ कार्तिक । सुनसरीमा १६ वर्षीया किशोरीको चिनियाँ नागरिकसँग विवाह गराउँदा गराउँदै आठ जना पक्राउ परेका छन् ।
धनकुटा छथर जोरपाटी २ की १६ वर्षीया बालिकाको सुनसरीको चतरास्थित औलिया बाबाको मन्दिरमा चीनको हुबेलका ३३ वर्षीय लि टेङ सँग विवाह गराइरहेका बेला प्रहरीले पक्राउ गरेको गरेको हो । पक्राउ पर्नेमा तीनजना चिनियाँ नागरिक छन् ।
पक्राउ पर्नेमा किशोरीका बाबु, ३३ वर्षीय चिनियाँ नागरिक लि टेङ, उदयपुरको बेलका नगरपालिका ९ का ४३ वर्षीय दीपक दर्जी, सोही स्थानका ४२ वर्षीय बद्रीबिक्रम राई, स्याङ्जा पुतलीबजार नगरपालिका- १२ का २० वर्षीय शितल गुरुङ, काभ्रेपलान्चोकको रोशी गाउँपालिका-३ की २० वर्षीया रोशनीमाया तामाङसँगै चिनियाँ नागरिक ३५ वर्षीय डोङ शिहाओ र वु हेजी रहेका छन् ।
किशोरीलाई प्रलोभनमा पारी जबर्जस्ती विवाह गराइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।








प्रतिक्रिया