१ श्रावण २०८३, शुक्रबार

राष्ट्रिय प्रत्यारोपण केन्द्रले उपचारमा हेलचेक्र्याइँ नगरोस् : स्वास्थ्यमन्त्री पौडेल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ कार्तिक । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा क्षेत्रका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने स्थिति तत्काल नरहेको उल्लेख गर्दै उपलब्ध चिकित्सकीय जनशक्तीलाई आवश्यक तालिमहरु प्रदान गरेर स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउनु भएको छ ।

आज शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले प्रत्यारोपणको क्षेत्रमा मात्र नभई अन्य क्षेत्रमा समेत भएका चिकित्सक, नर्स र डाक्टरहरुलाई क्षमता अभिवृद्धि गराएर स्वास्थ्य सेवा क्षेत्र विस्तार गर्न आवश्यक रहेको बताउनु भएको हो । उनले भने, ‘स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउने विकल्प हामीसँग छैन ।

तत्काल औपचारिक योग्यता पु¥याएर जनशक्ती उत्पादन गर्ने स्थिति छैन । उपलब्ध चिकित्सकीय जनशक्तीका लागि थप तालिमहरु दिएर विभिन्न सेवा उपलब्ध गराउन सक्ने क्षमता वृद्धि गर्न जरुरी छ । प्रत्यारोपणको क्षेत्रमामात्रहोइनअन्य क्षेत्रमापनिभएकाचिकित्सक, नर्स र डाक्टरहरुलाई क्षमता अभिवृद्धि गराएर स्वास्थ्य सेवा क्षेत्र विस्तार गर्न आवश्यक छ । त्यसकारण मेडिकल काउन्सिलले मानवअंग प्रत्यारोपण केन्द्रलाई फेलोसिप सञ्चालन गर्ने जुन स्वीकृति दिएको छ त्यसकालागि काउन्सिललाई धन्यावाद दिन चाहान्छु ।’

मानवअंग प्रत्यारोपण क्षेत्रको उपयोग गरेर संवेदनशील उपचार क्षेत्रमा हेलचेक्र्याइँ नगर्न उनको आग्रह थियो । उनले सम्बन्धीत क्षेत्रका विषेशज्ञता हासिल नगरेकाहरुबाट मानवअंग प्रत्यारोपण क्षेत्रमा काम गर्ने स्थिति नरहने भएका कारण फेलोसिपको भरपुर फाइदा चिकित्सक र प्रत्यारोपण केन्द्रले गर्नुपर्ने बताए ।

मानव अंगप्रत्यारोपण केन्द्रकै नेतृत्वमा नयाँ जनशक्ति उत्पादनका लागि सातवटै प्रदेशमा फेलोसिपको व्यवस्था गर्ने सरकारको योजना रहेको उनको भनाइ छ ।