
काठमाडौं, ७ कार्तिक । काठमाडौंको कोटेश्वरबाट अपहरणमा परेकी महिलाको सकुशल उद्वार भएको छ ।
प्रहरीले चाल्नाखेलबाट महिलाको उद्वार गरेको हो । उनलाई बन्धक बनाएर राखिएको अवस्थामा उद्वार गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले अपहरणमा संलग्न एकजना युवकलाई पक्राउ पनि गरेको छ । एकजना फरार छन् ।
विदेश जाने सिलसिलामा १६ लाख लिएको विषयमा विवाद हुँदा आरोपीहरूले महिलालाई बन्धक बनाएको प्रहरीले बताएको छ । थप अनुसन्धान भइरहेको छ ।








प्रतिक्रिया