२९ असार २०८३, सोमबार

गृहमन्त्रालयले चितवनको सीडीओ र एसपीलाई केन्द्रमा तान्यो

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ कार्तिक । गृह मन्त्रालयले चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादव र एसपी भावेश रिमालको जिम्मेवारी खोसेर केन्द्रमा तानेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकको प्रदर्शन रोक्न नसकेको भन्दै मन्त्रालयले उनीहरूलाई केन्द्रमा तानेको हो । रास्वपा कार्यकर्ताले प्रधानमन्त्रीको पुत्ला दहन गरेका थिए ।

सीडीओ यादवको ठाउँमा प्रकाश पौडेललाई पठाइएको छ भने मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत एसपी गौतम मिश्रलाई चितवन पठाइएको हो।