
वासिंटन, ७ कार्तिक । अर्थमन्त्री विष्णु पौडेल विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिकाको वासिंटन आइपुगेका छन् ।
उनलाई डुलेस अन्तर्राष्ट्रिय विमानस्थलमा वासिंटनस्थित नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल तथा दूतावासका अधिकारीहरू र प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सचिवालय सदस्य तथा अमेरिका महादेश इञ्चार्ज प्रभु थापासहितले स्वागत गरेका हुन् ।

मन्त्री पौडेलले बैठकमा मन्तव्य व्यक्त गर्ने तथा त्यस क्रममा विभिन्न मुुलुकका आफ्ना सकमकक्षीका साथै कोष र बैंकका अन्य अधिकारीहरूसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।
उनले अमेरिकी उद्यमी–व्यवसायीहरूसँग पनि छलफल गर्ने, अमेरिकी उद्यमी–व्यवसायीहरुसँग पनि छलफल गर्ने कार्यक्रम छ । यसैगरी अर्थमन्त्रीले अमेरिकामा रहेका प्रवासी नेपालीलाई पनि भेट्नेछन् ।
ओएनएफ सचिवालय सदस्य थापाले नेकपा एमालेका उपाध्यक्ष समेत रहेका उपप्रधान तथा अर्थमन्त्री पौडेलको अमेरिका बसाईलाई नेपाल र नेपालीको हितमा कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर अमेरिकामा रहेका नेपाली समुदायले समेत तयारी गरिरहेको बताए ।









प्रतिक्रिया