२० असार २०८३, शनिबार

अमेरिका ‘ए’ टोलीसँग नेपाल ४ विकेटले पराजित

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ कात्तिक । अमेरिकाको ‘ए’ टोलीसँगको एकदिवसीय अभ्यास खेलमा नेपाल ४ विकेटले पराजित भएको छ ।

मंगलबार राति नेपालले दिएको ८२ रनको सामान्य लक्ष्य अमेरिका ‘ए’ले २३ ओभर १ बलमा ६ विकेट गुमाएर भेट्टायो । अमेरिका ‘ए’का नितेश रेड्डीले २९ रन बनाए ।

नेपालका सन्दीप लामिछानेले ४ तथा रिजन ढकाल र ललित राजवंशीले समान १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल २५ ओभर ३ बलमा ८० रनमा अलआउट भयो ।

नेपालका कुशल मल्लले १८, देव खनालले १२, भीम सार्कीले १० रन बनाए । यस्तै, अनिलकुमार साह शून्य रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाएन सकेनन् । सबैभन्दा धेरै १८ रन बनाए ।

अमेरिका ‘ए’का आरिन नदकर्नीले ४ विकेट लिए ।

अमेरिकामा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग–टु अगाडि नेपाल र अमेरिका ‘ए’ बीच अभ्यास खेल भएको हो ।

अमेरिकामा पर्सि शुक्रबारदेखि कात्तिक १९ गतेसम्म विश्वकप क्रिके लिग–२ अन्तर्गत घरेलु टोली अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला हुँदैछ । यसअघि अमेरिकासँगको तीन खेलको टी–२० शृङ्खला नेपालले ‘क्लिन स्वीप’ गरेको थियो ।