
बुटवल, ६ कार्तिक । सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि रूपन्देही पुर्याइएका गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीको बयान सकिएको छ ।
बुटवलस्थित सुप्रिम सहकारीको रकम दुरूपयोगको अनुसन्धानका लागि जोशीलाई पोखराबाट रूपन्देही लगिएको थियो ।
जोशीलाई ५७ वटा प्रश्न सोधिएको थियो । जोशीलाई अब भोलि नै पोखरा फर्काइने बताइएको छ ।
पोखरामा पनि सूर्यदर्शन सहकारी ठगीमा उनीसहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धान भइरहेको छ ।









प्रतिक्रिया