१० असार २०८३, बुधबार

कसले दिएको थियो भिस्तारा जहाजमा बम राखेको सूचना ?

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ कार्तिक । काठमाडौंमा अवतरण भएको भिस्तारा एयरलाइन्सको जहाजमा बम राखिएको सूचना पाएपछि अहिले सर्च भइरहेको छ ।

जहाजलाई छुट्टै राखेर प्रहरीसँगै नेपाली सेनाको बम डिष्पोजल टोलीले सर्च गरिरहेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार भारतीय ह्वाट्सएपबाट विमानमा बम राखिएको धम्कीपूर्ण सूचना आएको थियो ।

सूचना पश्चात विमानमा चढेका यात्रुलाई झारेर सर्च गरिएको हो । विमानमा १५७ यात्रु थिए । अहिले सर्च जारी रहेकाले बम रहेको नरहेको यकिन हुन सकेको छैन ।