
रुकुम पश्चिम, ६ कार्तिक । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास योजनाका लागि सरकारी तहबाट बिनियोजित बजेट जसरी खर्च गरेपनि हुन्छ भन्ने मानसिकतालाई बदल्नुपर्ने बताएका छन् ।
आज मुसिकोटमा आयोजित नेकपा (एमाले)कार्यकर्ता भेलालाई संवोधन गर्दे पार्टी स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री कडेलले भने, ‘सरकारी पैसा हो जे गरेपनि हुन्छ भन्ने धारणा छ, त्यसलाई अब बदर्लौ, बदल्न सकिएन भने हाम्रो अवस्था पनि बदलिदैन ।’
योजना छनौटमा देखिएका समस्यालाई प्रदेश सरकारले योजना र्बैक वा क्रमशः कानून बनाएर व्यवस्थित गर्ने अभियानमा लागेको बताउँदै मुख्यमन्त्री कडेलले पहुँचको भरमा योजना ल्याएर जथाभावी गर्ने प्रवृतिलाई आफनो नेतृत्वको सरकारले रोक्ने धारणा राखे । सरकारी योजना छनौट गर्दा जनताले राहतमहशुस नगर्ने तर कार्यकर्ताको मात्र चित्त बुझाउने गरि योजना छान्ने प्रवृतिलाई आफूले रोक्ने अभियानमा लागेको मुख्यमन्त्री कंडेललेको धारणा थियो ।
परिर्वतित सन्र्दभमा शक्ति र शासन देखाइएर सत्ता टिकाउने जामाना गईसकेको बताउदै मुख्यमन्त्री कडेलले बजेट ल्याईदिन्छु, योजना पारिदिन्छु भनेर नक्कली कुरा गरेर पार्टी राजनीति नगर्न कार्यकर्तालाई सुझावसमेत दिए । ‘बजेटको कुरा गरेर जनतालाई क्षणिक रुपमा अल्मल्याउन सकिन्छ होला मुख्यमन्त्री कडेलले भने, ‘तर राम्रो नीति र कानूनबनाउदात्यसको लाभ दिर्घकालीन रुपमा सबै नागरिक पाउछन र सरकारप्रति भरोसा बढ्छ’, ।
सरकारले विनियोजन गरेका बजेटलाई व्यक्ति बिशेषको योजना बनाउने परिपाटीप्रति खवरदारी गर्न पनि मुख्यमन्त्री कडेलले कार्यकर्तालाई आव्हान गरे ।









प्रतिक्रिया