
काठमाडौं, ५ कार्तिक । पशुपतिनाथ बचाउ महाअभियानले पशुपति क्षेत्रविकास कोषको स्वामित्वमा रहेको गौशाला धर्मशाला अनाधिकृत कब्जाविरुद्ध हस्ताक्षर संकलन सुरु गरेको छ ।
महाअभियानले मंगलबार पशुपति क्षेत्रमा सेतो कपडा राखेर हस्ताक्षर संकलन कार्य सुरु गरेको हो । सोही क्रममा नागरिक बचाउ महाअभियानको संयोजक कुमार बस्नेतले धर्म कुनैपनि हालतमा नछाड्ने बताए ।
पशुपति गौशाला धर्मशालाको स्वामित्व र संचालनको विषय विवाद एवम् चर्चाको चुलिमा छ । गौशाला चोकमै रहेको ९ रोपनी ९ आना २ पैसा क्षेत्रफलमा फैलिएको उक्त जग्गा कसको हो र यसलाई सञ्चालन गर्न पाउने हक कसको हो भन्ने विषयमा अहिले पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समिति आमनेसामने भएका छन् ।
सरकारकै मातहत रहेको कोषको कदममा काठमाडौँ महानगरपालिकाले पूर्ण रूपमा सहयोग गरिरहेकोमा अदालतबाट फैसला भएपछि विवाद सुल्झिने अपेक्षा गरिए पनि झनै बल्झिएको छ ।
यस विषयमा अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ६ सदस्यीय समिति समेत गठन गरिसकेको छ ।








प्रतिक्रिया