
काठमाडौं, ५ कार्तिक । साफ महिला च्याम्पियन २०२४ को समूह चरणको दोस्रो खेलमा नेपालले माल्दिभ्सविरुद्ध सानदार जित हासिल गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंशालामा सोमबार भएको खेलमा नेपालले ११–० को जित हासिल गरेको हो। जितसँगै नेपाल समूह बीको शीर्ष स्थानमा उक्लिएको छ। नेपाल पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो।
नेपालको चार अंक छ। भुटानको पनि समान चार अंक छ। भुटानले माल्दिभ्स र नेपालले श्रीलंकासँग समूहचरणको अन्तिक खेल खेल्ने छ। यही खेलबाट समूहविजेताको टुंगो लाग्ने छ।








प्रतिक्रिया