१५ असार २०८३, सोमबार

धरान उपमहानगरका कार्यवाहक मेयर फागोले टेरेनन् अदालतलाई

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान, ५ कार्तिक । धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर लोकेन्द्रकुमार फागोले अदालतको आदेश अटेर गरेका छन् ।

उपमेयर हुँदाहुँदै मेयर हर्क साम्पाङले वडाध्यक्ष फागोलाई कार्यवाहकको जिम्मेवारी दिएर विदेश उडेका थिए । त्यसको विरोधमा अदालतमा मुद्वा परेकामा अदालतले फागोलाई दिइएको कार्यवाहकको जिम्मेवारी कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

तर फागोले आज पनि कार्यवाहककै हकमा काम कारबाही गरेका हुन् । उनले मेयर साम्पाङको कार्यकक्षमा छुट्टै टेबल कुर्सी राखेर काम गरिरहेका हुन् ।