९ असार २०८३, मंगलबार

साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स भिड्दै

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ कात्तिक । साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई टोलीबीचको खेल साँझ साढे ५ बजे हुनेछ ।

माल्दिभ्सविरुद्धको खेलमा नेपालकी स्टार फरवार्ड सावित्रा भण्डारी साम्बा टोलीमा हुनेछिन् । व्यवसायिक लिगका लागि फ्रान्समा रहेकी साम्बा साफका लागि आइतबार राति नेपाल आइपुगेकी हुन् ।

समूह ‘बी’मा रहेका दुबै टोलीले आ–आफ्ना एक–एक खेल खेलिसकेका छन् । नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिँदा माल्दिभ्स श्रीलंकासँग १–० ले पराजित भएको छ ।

समूहमा नेपालको १ अंक छ भने माल्दिभ्स अंक विहीन छ । नेपालका लागि सेमिफाइनल पुग्नका लागि आजको खेल जित्नै पर्ने दबाब छ । यही समूहअन्तर्गत सोमबार दिउँसो साढे १ बजे भुटान र श्रीलंका पनि खेल्दैछन् ।