२३ जेष्ठ २०८३, शनिबार

न्यूजिल्याण्ड पहिलो पटक महिला टी-२० विश्वकपको च्याम्पियन

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ कात्तिक । आईसीसी महिला टी-२० विश्वकप २०२४ को फाइनल खेलमा दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै न्यूजिल्याण्ड च्याम्पियन बनेको छ । न्युजिल्याण्डले यो उपाधि जितेको यो पहिलो पटक हो ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५८ रन बनाएको थियो ।

लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले पूरा ओभर खेल्दै ९ विकेट गुमाएर १ सय २६ रन मात्र बनाउन सक्यो ।

न्यूजिल्याण्ड महिला क्रिकेटले पहिलो पटक टी-२० विश्वकपको उपाधि जित्न सफल भएको हो । यसअघि सन् २००९ र २०१० मा पनि टोली फाइनलमा पुगेर उपाधि जित्न चुकेको थियो ।

सबैभन्दा बढी महिला टी-२० विश्वकप जित्ने टोली अष्ट्रेलिया हो, जसले ६ पटक यो ट्रफी जितेको छ । इंग्ल्याण्ड र वेस्ट इन्डिज एक-एक पटक च्याम्पियन बनेका छन् ।