२२ असार २०८३, सोमबार

ट्राफिक नियम उल्लंघन गर्नेलाई डिजिटल चलान दिन सुरू

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ कार्तिक । ट्राफिक नियम उल्लंघन गरेमा डिजिटल चलान दिने प्रणाली सुरू भएको छ ।

आज उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजना गरिएको एक कार्यक्रमकाबीच इ चलाल प्रणालीको सुरूवात गरिएको हो । गृहमन्त्री रमेश लेखकले ट्राफिक उल्लंघन रेकर्ड सिस्टम

(टिभिआरएस) को ई–चलान (डिजिटल चिट) को उद्घाटन गरे । चिटमा उल्लेखित जरिवाना रकम सवारी चालकहरूले डिजिटल पेमेन्ट वालेटमार्फत तत्काल भुक्तानी दिन सक्नेछन् ।

यो प्रणालीको सुरूवातसँगै अब चालकले लाइसेन्स बोक्नु नपर्ने भएको छ । चालकले ट्राफिक प्रहरीलाई नागरिक एपमार्फत आफ्नो चालक अनुमति पत्र देखाए हुन्छ ।

कारबाहीका लागि ट्राफिक प्रहरीले नागरिक एपमा देखाइने क्युआर कोडलाई स्क्यान गरी डिजिटल काट्नेछन् ।