२४ जेष्ठ २०८३, आइतबार

एकसय दिनमा परिणाम देखाउन नसकिने रहेछ : प्रकाशमान सिंह

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ कार्तिक । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सय दिनमा उल्लेखनीय काम गर्न नसकेको बताउनु भएको छ ।

आइतबार सय दिनबारे पत्रकार सम्मेलन गर्दै मन्त्री सिंहले राम्रो काम गरेर नतिजा देखाउनको लागि समय लाग्ने बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘मन्त्रीको जिम्मेवारी दिइसकेपछि १०० दिनमा मन्त्रालयले खास गरी लक्ष्य अनुसार धेरै कामहरु गरिसकेको छ । तर आउना साथ जादुको छडी कसैसँग छैन । सहर बनाउने कुरा सय दिनमा बन्दैन । जे जे समस्याहरु छन् ति चाँही सम्बोधन गर्नको लागि समय लाग्ने गर्छ । तर पछिल्लो छोटो समयमा सम्पन्न गरिने कामहरु हामीले गरिसकेका छौं । तर कुनै उल्लेखनीय काम मैंले जादु नै गरे भन्ने अवस्था चाँही छैन ।’

साथै उहाँले शहरहरु व्यवस्थित गर्नको लागि नीति नियममा जोड दिनुपर्ने बताउनुभयो । शहरी विकास मन्त्रालयसँग सम्बन्धित रहेका विषयहरुमा सुझाव सल्लाह दिन पनि उहाँले आग्रह गर्नु भएको छ ।

उहाँले जे काम गरे पनि खुला रुपमा गर्न चाहेको स्पष्ट पार्नुभयो । मिडियामा समाचारहरु नराम्रो कामको मात्र आउने तर राम्रो काम गरेको समाचार नआउँदा दुःख लाग्ने गरेको उहाँको भनाइ छ ।