१३ असार २०८३, शनिबार

नेपाल र अमेरिकाबीचको रोमाञ्चक खेल सुपर ओभरमा

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ कात्तिक । नेपाल र अमेरिकाबीचको टी-२० आई सिरिजअन्तर्गतको दोस्रो खेल सुपर ओभरमा गएको छ ।

सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले ८ विकेटको क्षतिमा १७० रन बनाएपछि खेल सुपर ओभरमा गएको हो ।

पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १७० रन जोडेको थियो । जवाफी ब्याटिङ गरेको अमेरिकाले पनि २० ओभरमा ८ विकेटको क्षतिमा १७० रननै जोडेको थियो ।

अमेरिकाका लागिआन्द्रेस गसले अर्धशतक प्रहार गरे । नेपाल प्रिमियर लिग (एनपिएल) टोली पोखरा एभेन्जर्समा आबद्ध भइसकेका उनले अन्तिम ओभरको दुई बल बाँकी छदा आउट हुनुअघि ६२ रन जोडे ।

त्यसअघि नेपालले दोस्रो ओभरमै अमेरिकाका ओपनर तथा कप्तान मोनाक पटेललाई १ रनमा आउट गरेको थियो । उनलाई करण केसीले दोस्रो ओभरको करण केसीले बोल्ड गरेका थिए ।

बलिङमा नेपालका करण केसीले ३ विकेट र सोमपाल कामीले २ विकेट लिए ।