
काठमाडौं, ३ कात्तिक । राजधानीमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला फुटबल च्याम्पियनसिपअन्तर्गत नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार नेपाल र भुटानले गोलरहित बराबरी खेल्दै एक-एक अंक बाँडेका हुन् ।
साफ च्याम्पियनसिपको इतिहासमा नेपाल पहिलोपटक भुटानसँग गोलरहित बराबरीमा रोकिन पुगेको हो । खेलको अधिकांश समय बल नियन्त्रणमा राखे पनि नेपालले गोल गर्न भने सकेन ।
समूह ‘बी’अन्तर्गत शुक्रबारै भएको पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १-० गोलअन्तरले हराएको थियो । यस नतिजासँगै समूह ‘बी’बाट श्रीलंका तीन अंकका साथ शीर्ष स्थानमा छ ।
नेपाल र भुटान एकरएक अंकका साथ दोस्रो स्थानमा छन् ।








प्रतिक्रिया