
काठमाडौं, २ कार्तिक । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पक्राउ पर्दै हुनुहुन्छ ।
उहाँलाई पक्राउ गर्न सीआईबीको टोली पार्टीका कार्यालय बनस्थलीमा पुगिसकेको छ । कास्की जिल्ला अदालतले आज लामिछानेविरूद्व पक्राउ पुर्जी जारी गरेको थियो ।
लामिछानेविरूद्व कृष्ण प्रसाद जैसीले जाहेरी दिनु भएको थियो । प्रहरी प्रतिवेदनका आधारमा पनि लामिछानेविरूद्व पक्राउ पुर्जी जारी गरिएको कास्की जिल्ला अदालतले पक्राउ पुर्जीमा उल्लेख गरेको छ ।
अदालतले लामिछानेलाई संगठित अपराधमा पनि अनुसन्धान गर्न अनुमति दिएको हो ।









प्रतिक्रिया