
काठमाडौं, २ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई पक्राउ गर्ने तयारीविरूद्व नेता कार्यकर्ता उतार्ने भएको छ ।
लामिछानेलाई पक्राउ गर्ने तयारी भएसँगै रास्वापाले नेता कार्यकर्तालाई पार्टी कार्यालयमा बोलाएको हो ।
जिल्ला अदालत कास्कीले लामिछानेविरूद्व पक्राउ पुर्जी जारी गर्ने सम्भावनासँगै रास्वपाले कार्यकर्तालाई पार्टी कार्यालयमा बोलाएको हो ।
लामिछानेकी पत्नी निकिता पौडेल पनि अहिले पार्टी कार्यालयमा पुगिसक्नु भएको छ ।








प्रतिक्रिया