३१ जेष्ठ २०८३, आइतबार

उच्चस्तरीय अनुगमन टोलीसहित एमाले नेता भट्टराईद्वारा फोक्सिङटारको पुलको अनुगमन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, २ कार्तिक। नेकपा (एमाले) का नेता बिशाल भट्टराईले उच्चस्तरीय अनुगमन टोलीसहित बाढीले बगाएको उदयपुर र खोटाङ जोड्ने फोक्सिङटारको पुल अनुगमन गर्नु भएको छ ।

भट्टराई सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वन महाशाखा प्रमुख डा. विजय जैसीको नेतृत्वको टोली लिएर उदयपुर पुग्नु भएको हो । टोलीमा पुल महाशाखा प्रमुख (सुई) ललिजन खनाल, पुलचोक इन्जिनियरिङ क्याम्पसका विज्ञ डा. राजन सुवाल र डा. भरत मण्डल सहित हुनुहुन्थ्यो ।

उदयपुर र खोटाङ जिल्ला जोड्ने सुनकोशी नदीको फोक्सिङटार स्थित पुल गत असोज १२ गते आएको बाढीले बगाएको थियो । टोलीले सुनकोशीमा अहिले पानीको सतह घटेको र बाँकी रहेको २०-२० मिटरको संरचना सुरक्षित रहेको निष्कर्ष निकालेको छ । बगाएर बाँकी रहेको भागको भारवहन क्षमता जाँच गरेर त्यसमाथी ८० मिटरको बेलिब्रिज लगाउने या पुल बगाएको स्थान भन्दा केही माथी १२० मिटरको बेलीब्रीज हालेर यातायात सुचारु गर्ने विषयमा छलफल भई रहेको पुल महाशाखा प्रमुख ललिजन खनालले जानकारी दिनु भयो ।

महाशाखा प्रमुख खनालका अनुसार सडक विभागले ८० मिटर भन्दामाथिको बेलिब्रिज भारत सरकार सँग माग गरेको र आउने वित्तिकै जडान प्रक्रिया सुरु गरिने छ । पुलको ८० मिटरको भाग बगाएको हुनाले त्यसैमा बेलिबृज जोड्न ८० मिटरभन्दा लामो बेलिबृज आवश्यक हुन्छ । हाल नेपालमा उपलब्ध नभएकोले भारतबाट मगाईएको कुरा भौतिक पूर्वाधारमन्त्री देबेन्द्र दाहालले बताउनु भएको एमाले नेता भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार हिउँद, बर्षामा चल्ने गरी बेलिबृज तत्काल जोड्ने र अर्को स्थायी पुलको कार्य अघि बढाउने गरी प्रक्रिया अघि बढाइएको छ ।