
काठमाडौं, २ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पार्टी उपसभापति डीपी अर्यालको गाडी चढेर पार्टी कार्यालय पुग्नु भएको छ ।
संसद भवन नयाँ बानेश्वरमा विपक्षी दलको बैठकमा सहभागी हुनु भएका लामछिाने आफ्नो गाडी छोडेर अर्यालको गाडीमा पार्टी कार्यालय पुग्नु भएको हो । सहकारी ठगी प्रकरणमा प्रहरीले लामिछानेलाई पक्राउ गर्ने चर्चा चलिरहेको छ ।
यसैबीच विपक्षी दलको बैठकले सरकारले लामिछानेप्रति प्रतिशोध साँध्न खोजेको निष्कर्ष निकाल्दै प्रतिवाद गर्ने निर्णय गरेको छ ।








प्रतिक्रिया