३१ आश्विन २०८३, शनिबार

नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ कात्तिक । नेपाल र अमेरिकाबीचको टी–२० क्रिकेट श्रृंखलाको पहिलो खेलमा नेपालले अमेरिकासामु जितको लागि १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रेरी स्टेडियममा बिहीबार बिहान टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा १६४ रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ४९ रनको कप्तानी पारी खेले ।

त्यस्तै, दिपेन्द्र सिंह ऐरी २८ रन र ओपनरद्धय आसिफ शेख र अनिल साहले समान २७ रनको योगदान दिए ।

अमेरिकाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।