२२ जेष्ठ २०८३, शुक्रबार

बडा दशैंको विसर्जन गरियो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ कार्तिक । हिन्दुहरुको महान पर्व बडादशैं विसर्जन गरिएको छ ।

गत असोज १७ गते घटस्थापना गरेर सुरु भएको बडादशैं कोजाग्रत पूर्णिमासँगै समापन भएको हो । बडादशैं समापनभएसँगै टीका ग्रहण कार्य पनि यसपालीलाई सकिएको छ ।

नेपालीहरुले भव्य रुपमा मनाउने बडादशैँ पर्व धनधान्य एवं सम्पन्नता की देवी महालक्ष्मीको पूजाआराधनासहित रातमा जाग्राम बसेपछि आजदेखि समापन गरिएको हो ।

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमाका दिन बुधबार साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गर्दै रातभर जाग्राम बस्ने प्रचलन रहदैँ आएको छ ।

मातादुर्गाका तीनवटा रुप मध्येका एक रुप महालक्ष्मीको पूजा गरेर बिहीबार दुर्गा पक्ष अर्थात बडा दशैंलाई बिदा गर्ने चलन रहेको छ ।
यस वर्ष कात्तिक १ गते बिहीबार पूर्णिमा व्रत परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारी दिएको छ । कोजाग्रत पूर्णिमाका दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गर्दै दशैं विसर्जन गरिएको हो ।