३० जेष्ठ २०८३, शनिबार

महिला टी-२० विश्वकप : इंग्ल्यान्डलाई हराउँदै वेस्ट इन्डिज सेमिफाइनलमा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असोज । इंग्ल्यान्डलाई पराजित गर्दै वेस्ट इन्डिज महिला टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको खेलमा इंग्ल्यान्डलाई ६ विकेटले पराजित गर्दै वेस्ट इन्डिज महिला टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा वेस्ट इन्डिजका लागि कप्तान ह्वेली म्याथ्युजले पनि ५० रन बनाइन् ।

इंग्ल्यान्डले पहिले ब्याटिङ गर्दै सात विकेटको क्षतिमा १ सय ४१ रन बनाएको थियो ।

वेस्ट इन्डिजले १८ ओभरमा चार विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो । यो जितपछि अब वेस्ट इन्डिजसँगै समूह ‘बी’बाट दक्षिण अफ्रिका सेमिफाइनल पुगेको छ । इंग्ल्यान्ड भने प्रतियोगिताबाट बाहिरिएको छ ।