२२ जेष्ठ २०८३, शुक्रबार

अष्ट्रेलियाका पूर्वक्रिकेटर हज सुदूरपश्चिमको मेन्टर

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असोज । एनपीएलको पूर्वसन्ध्यामा सुदूरपश्चिम रोयल्सले अष्ट्रेलियाका पूर्वक्रिकेटर ब्राड हजलाई आफ्नो प्रमुख मेन्टर नियुक्त गरेको छ ।

अष्ट्रेलियाका लागि सन् २००७ को विश्वकप विजेता टोलीमा रहेका हजलाई सुदूरपश्चिमले नियुक्त गरेको हो ।

हजको आगमनसँगै नेपाल सुपर लिग (एनपीएल)मा सुदूरपश्चिमले उच्च प्रदर्शन गर्ने अपेक्षा गरेको छ ।

हजले कोलकाता नाइट राइडर्सबाट इन्डियन प्रिमियर लिग आइपीएलसमेत खेलेका थिए । हजको आगमनलाई लिएर टोली उत्साहित रहेको सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले बताए ।

क्यानको आयोजनामा मंसिर १६ गते देखि एनपीएल सुरु हुँदैछ ।