१९ असार २०८३, शुक्रबार

आइसीसी महिला टी-२० विश्वकप : अष्ट्रेलियासँग भारत ९ रनले पराजित

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असोज । युएईमा जारी आइसीसी महिला टी-२० विश्वकप क्रिकेटअन्तर्गत अष्ट्रेलियाले भारतलाई पराजित गरेको छ ।

शारजाह रंगशालामा गएराति भएको खेलमा अष्ट्रेलियाले भारतलाई ९ रनले हराएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले भारतलाई १ सय ५२ रनको लक्ष्य दिएको थियो । जवाफमा भारतले ९ विकेट गुमाएर १ सय ४२ रन मात्र बनाउन सक्यो ।

हारसँगै भारतीय टोलीको सेमिफाइनल पुग्ने आशा करिब समाप्त भएको छ ।