२९ जेष्ठ २०८३, शुक्रबार

नेपाली फुटबल प्रशिक्षक हुमागाईले प्राप्त गरे ‘फिफा–प्रो’ लाइसेन्स

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असोज । फुटबल प्रशिक्षकमा प्रदीप हुमागाईले विश्व फुटबल फिफाअन्तर्गत प्रशिक्षकहरुले प्राप्त गर्ने ‘फिफा–प्रो’ लाइसेन्स प्राप्त गर्नुभएको छ । यो लाइसेन्स प्राप्त गर्ने उहाँ पहिलो नेपाली प्रशिक्षक बन्नुभएको छ ।

उहाँले १६ महिनाको लामो अध्ययनपछि मंगलबार अर्जेन्टिनाबाट फिफा–प्रो लाइसेन्स प्राप्त गर्न सफल हुनुभएको हो । अमेरिकामा बसेर फुटबल प्रशिक्षणसँगै अध्ययनमा सक्रिय ४३ वर्षीय हुमागाईले धेरैको माया र आशीर्वादका कारणले नै आफूले महत्वपूर्ण उपलब्धि हासिल गर्न सकेको प्रतिक्रिया दिनुभयो ।

हुमागाईले सन् २००९ बाट फुटबल प्रशिक्षकको रुपमा आफ्नो जीवन सुरुवात गर्नुभएको थियो । १५ वर्षको लामो अध्ययन विभिन्न क्लबहरुमा प्रशिक्षणको जिम्मेवारी सम्हाल्दै उहाँले नेपालबाट एफसी ‘बी’ र ‘ए’ क्याटोगोरीको लाइसेन्ससमेत प्राप्त गर्नुभएको थियो ।

सन् २००३ मा काठमाडौंमा भएको बंगलादेशसंगको मैत्रीपूर्ण खेलमा उहाँको प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय टिमले ३–१ ले जित हात पारेको थियो ।

काठमाडौं विश्वविद्यालयमा महिला प्रशिक्षकको रुपमा सुरुवात गर्नुभएका हुमागाईले नेपाली ‘ए’ डिभिजनको क्लब थ्रिस्टार क्लब, ललितपुर एफसी, भुटनिज यूथ स्पोर्टस क्लब अमेरिकालगायतको टोली प्रशिक्षण दिएको अनुभव संगाल्नुभएको छ । नयाँ उचाइसँगै अब नेपाली राष्ट्रिय फुटबल टिमको नेतृत्व सम्हाल्ने दाबी गर्नुभएको छ ।