२३ असार २०८३, मंगलबार

राष्ट्रपतिले साढे ३ बजेदेखि सर्वसाधारणलाई टीका लगाइदिने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई दशैंको टीका लगाइदिनु हुने भएको छ । उहाँले अपरान्ह साढे ३ बजेदेखि सर्वसाधारणलाई टीका लगाइदिनुहुने राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

राष्ट्रपतिले अपराह्न ३:०० बजे देखि ३:३० बजेसम्म इच्छुक सम्माननीयहरू, उपप्रधानमन्त्रीहरू तथा मन्त्रीहरू, प्रदेश प्रमुखहरू, न्यायाधीशहरू, संघीय संसद्का सदस्यहरू, संवैधानिक निकायका पदाधिकारीज्यूहरू एवम् विशिष्ट महानुभावहरू तथा निजामती, जंगी, प्रहरीतर्फका अधिकृत स्तरसम्मका राष्ट्रसेवकहरूलाई टीका लगाइदिने कार्यक्रम तय भएको छ भने त्यसपछि सर्वसाधारणलाई साँझ ५ बजेसम्म टीका लगाइदिनु हुनेछ ।