
मकवानपुर, २२ असोज । प्रहरीले पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरबाट ३९२ किलो गाँजा बरामद गरेको छ ।
हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोष्टबाट ३९२ किलो गाँजा बरामद गरिएको हो । पालुङबाट वीरगन्ज जाँदै गरेको ना. ७ ख १७७१ नम्बरको ट्याांकरभित्र लुकाएको अवस्थामा सो गाँजा भेटिएको हो ।
गाँजा ओसारपसारमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनहरी घर भएका ट्यांकर चालक २६ वर्षीय रोशन पुरी र सहचालक २२ वर्षीय धनबहादुर मल्ल छन् ।








प्रतिक्रिया