
सिन्धुपाल्चोक, २२ असोज । मेलम्चीको खानेपानी काठमाडौं पठाइएको छ ।
खानेपानीमन्त्री प्रदीप यादव र मेलम्ची सङ्घर्ष समितिबीच वार्ता सफल भएपछि आजै मेलम्चीबाट पानी काठमाडौं पठाइएको हो ।
खानेपानीमन्त्री यादव र मेलम्ची सङ्घर्ष समितिबीच सोमबार राति भएको वार्तामा काठमाडौँमा पानी पठाउने विषयमा सहमति भएको थियो ।
मेलम्चीको पानी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) मा आइसकेकाले उपत्यकावासीका धारा धारामा पानी वितरण सुरु गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जानकारी दिएको छ ।








प्रतिक्रिया