
काठमाडौं, २२ असोज । सरकारले बाढीपहिरोबाट संकटग्रस्त पालिकाको संख्या बढ्न सक्ने बताएको छ ।
आज मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्न आायोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले अहिले ५९ पालिकालाई संकटग्रस्त घोषणा गरिएको भएपनि ६५ ओटा पुग्नसक्ने अनुमान गरेको बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘संकटग्रस्त घोषणा भएका पालिकाहरुमा राजमार्ग र सडकहरु खोल्ने काम भइरहेको छ। रोकिएका दुरसञ्चार विद्युत खाद्यन्न पुर्याउन गाउँगाउँका साना सडक खोल्ने अस्थायी पुल बनाउनको गाउँपालिका र जिल्ला विपद् व्यवस्थापन समीति मार्फत् रकम पठाउनुपर्छ भन्ने छ। कुन पालिकामा कहाँ कति धेरै नोक्सान भएको छ भन्ने कुरा रिपोर्ट आएको छैन आइसकेको छैन। अहिले नै बराबरी दिँदा कसैलाई अन्याय हुनसक्छ भनेर हामी रिपोर्टको पर्खाइमा छौं।’








प्रतिक्रिया