१ श्रावण २०८३, शुक्रबार

पदयात्रा गर्ने क्रममा रसुवामा पोल्यान्डकी युवतीको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा, २२ असोज । हिमाली पदयात्राका क्रममा रसुवा र नुवाकोट जिल्लाको सिमानास्थित सूर्यकुण्ड आसपास क्षेत्रमा पोल्यान्डकी २३ वर्षीया सोविन्का अग्निएस्ज्काको गएराति मृत्यु भएको छ।

रसुवा जिल्ला प्रहरी प्रमुख केशव भट्टराईका अनुसार पोल्यान्डका राहदानी नं ‘एफई ३०५१८११’ की अग्निएस्ज्काको सूर्यकुण्ड आसपास क्षेत्रमा मृत्यु भएको हो।

नेपाली सेनाको श्रीनाथ गण र जिल्लास्थित नेपाल प्रहरीको सहयोगमा शव गोसाइँकुण्ड ल्याई आज बिहान हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौँ पठाइएको छ।

रियल हिमालय ट्रेकिङ कार्यालयको अनुरोध तथा जिल्लास्थित सुरक्षा निकायको सहयोगमा शव काठमाडौँ ल्याएको एयर डाइनेस्टीका उडान प्रबन्धक विवेक अधिकारीले जानकारी दिनुभयो ।

थप अनुसन्धानका लागि स्थलगत रूपमा जनशक्ति परिचालन गरिएको जानकारी दिँदै प्रहरी प्रमुख भट्टराईले लेक लागेर वा अन्य कारणले निधन भएको हो भन्ने विषयमा शव परीक्षण प्रतिवेदनपछि मात्र थाहा हुने बताउनुभयो ।