२१ जेष्ठ २०८३, बिहिबार

पुण्य गौतममाथि रड प्रहार, आइसीयूमा उपचार हुँदै

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असोज । सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ ।

गएराति सवा ९ बजे उहाँलाई जोरपाटीस्थित आफ्नै घर नजिक रड प्रहार गरिएको हो ।

अज्ञात व्यक्तिले टाउकोमा रड हानेर भागेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

घाइते गौतमलाई नेपाल मेडिकल कलेजको आइसीयूमा राखेर उपचार भइरहेको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।