
काठमाडौं, २२ असोज । जारी आइसीसी महिला टी-२० क्रिकेट विश्वकपअन्तर्गत इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई पराजित गरेको छ ।
सोमबार राति सम्पन्न खेलमा इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई ७ विकेटले पराजित गरेको हो । दक्षिण अफ्रीकाले दिएको १२५ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले १९.२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।
यसअघि दक्षिण अफ्रिकाले पहिला ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १२४ रन बनाएको थियो । योसँगै इंग्ल्याण्डले लागातार दोस्रो जित हासिल गरेको छ र समूह बी मा २ खेलमा ४ अंक भएको छ ।
त्यस्तै, पहिलो खेलमा जित हासिल गरेको दक्षिण अफ्रिकाले दोस्रो खेलमा हार बेहोरेको छ ।








प्रतिक्रिया