२५ जेष्ठ २०८३, सोमबार

दैवी प्रकोप उद्वार कोषमा आज ४ करोड ७९ लाख बढी सहयोग हस्तान्तरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असोज । बाढीपहिरो प्रभावितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा सहयोग जुट्ने क्रम जारी छ ।

यसैबीच आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ४ करोड ७९ लाख दश हजार ३ सय ९० रूपैयाँ सहयोग हस्तान्तरण भएको हो ।

आज नेशनल हाइड्रोपावर विद्युत कम्पनीले एक करोड, प्रभु बैंकले एक करोड, अरूण तेस्रो पावर कम्पनीले एक करोड, एभरेष्ट बैंकले पचास लाख, प्राइम बैंकले ३१ लाख, प्रभु इन्स्योरेन्सले २५ लाख, प्रभु महालक्ष्मीले २५ लाख, प्रभु क्यापिटलले २५ लाख, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले दश लाख, इनर्जी ट्रिले आठलाख एकहजार र अमेरिकामा रहनु भएका नुवाकोटका नवीन कोइरालाले पाँच लाख ९ हजार ३ सय ९० रकम हस्तान्तरण गर्नुभएको हो ।