
काठमाडौं, २१ असोज । नेपाल वायुसेवा निगमले आगमी फूलपातीको दिन काठमाडौं-भैरहवा उडान गर्ने भएको छ ।
निगमले चाडपर्वमा यात्रुको चाप र प्राकृतिक विपदका कारण सडकमार्ग प्रयोगमा कठिनाइ भएका कारण काठमाडौं-भैरहवा-काठमडौं उडान गर्ने भएको हो ।
आर.ए—१७३३ उडान नम्बरमा बिहान ११ बजे काठमाडौं—भैरहवा उडान गर्ने र त्यसको लागि एकतर्फी भाडादर ७ हजार रुपैयाँ राखिएको निगमले जनाएको छ ।








प्रतिक्रिया