२८ असार २०८३, आइतबार

रिटर्नी फेडेरेसनद्धारा गोदावरीको लेलेका पहिरो पीडितलाई राहत वितरण

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, २० असोज । नेकपा (एमाले)  निकट रिटर्नी फेडेरेसन नेपालले गोदावरी नगरपालिकाको लेलेमा पहिरोबाट बेघरबार भएका ४ घरपरिवारमा राहत वितरण गरेको छ । फेडेरेसनको ललितपुर जिल्ला सचिव रामकृष्ण श्रेष्ठको अगुवाईमा डिही गाँउ क्षेत्रमा केन्द्रीय टोलीले राहत वितरण गरेको हो ।

पहिरोमा परि गोदावरी गरपालिका वडा नं. ५ मा घरबाट भाग्ने क्रममा २५ वर्षिय सबिता महतको ज्यान गएको थियो भने मृतकका श्रीमान हरि महत भने घाईते हुनु भएको थियो । उहाँको १३ महिनाको शिशु र आमाको घटनाबाट मुश्किलले ज्यान बाचेको थियो । घर पूर्ण क्षति भई आफन्तकोमा शरण लिएको अवस्थामा रिटर्नी फेडेरेसनको केन्द्रीय टोलीले उनीहरुलाई चामल, दाल, चिउरा, ब्लान्केन्ट, खाने तेल, कपडा लगायतको सामाग्री हस्तान्तरण गरको हो ।

रिटर्नी फेडेरेसन नेपालका केन्द्रीय ईन्चार्ज डा. कृष्ण केसीले घटना धेरै विभत्स भएको र धेरै घरपरिवारमा पहिरोले अपुरणीय क्षति पुर्याएको बताउनुभयो । रिटर्नी फेडेरेसन नेपालका अध्यक्ष उत्तम अधिकारीले दुःखको बेला घटनास्थलको अवलोकनको लागि स्थानीय रिटर्नीहरुसंग आएको बेला केही सामाग्री वितरण गरेको जानकारी दिनुभयो ।

हृदयविदारक अवस्थामा अप्ठ्यारो अवस्थाको साथीको रूपमा संगठनका सदस्यहरुसङ्ग संकलन गरिएको रकमबाट खाधान्न र लत्ताकपडा वितरण गरिएको उहाँले बताउनुभयो ।

यसैगरी, पहिरोले क्षति पुर्याएको रुपेश सिलवाल र दिपेश सिलवालको २ परिवार र सन्तोष सिलवालको परिवारलाई फेडेरेसनको तर्फबाट राहत सामाग्री हस्तान्तरण गरिएको ललितपुर जिल्ला सचिव रामकृष्ण श्रेष्ठले बताउनुभयो । रिटर्नी फेडेरेशन नेपालले प्राकृतिक प्रकोपबाट पीडितहरुको यथाशीघ्र राहत र पुनर्निमाणमा सहयोग गर्न सरकारसँग माग गरेको छ ।