१८ कार्तिक २०८३, बुधबार

सिधाकुरा डट कमका प्रकाशक कँडेल र सम्पादक ढुङ्गाना रिहा

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असोज । सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुङ्गाना रिहा हुनु भएको छ । उहाँहरू एक सातापछि रिहा हुनुभएको हो ।

अदालतको अवहेलना मुद्दामा दोषी ठहर हुनु भएका कँडेल र ढुंगाना ‘गल्ती भएको भन्दै माफी मागेपछि’ प्रक्रिया पूरा गरेर रिहा हुनु भएको हो । सर्वोच्च अदालतको ९ सदस्यीय बृहत् पूर्ण इजलासले आइतबार अदालतको मानहानी गरेको ठहर गर्दै दुवैलाई जनही तीन महिना जेल सजाय सुनाएको थियो ।

तर, उहाँहरूले माफी मागेमा सात दिन मात्रै थुनामा राख्न आदेश दिइएको थियो ।