
काठमाडौं, १९ असोज । कपिलवस्तुमा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय परिषद् सदस्यलगायतका नेताहरू एमालेमा फर्किएका छन् ।
शुक्रबार शिवराज नगरमा आयोजित कार्यक्रममा नेकपा एसका केन्द्रीय परिषद् सदस्य छविलाल शर्मालगायतका नेताहरू एमाले फर्कनुभएको हो । एमाले केन्द्रीय सदस्य एवं भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीले उहाँहरूलाई एमालेमा स्वागत गर्नुभएको हो ।
कार्यक्रममा एकीकृत समाजवादीका प्रदेश सदस्य जीतबहादुर रावत, जिल्ला सचिव सरोज पौडेल, नेताहरू बलबहादुर विश्वकर्मा, शिवराज उपाध्यक्ष, सम्झना चौधरीलगायतका नेताहरू पनि एमालेमा फर्कनुभएको छ ।
एमाले शिवराज नगर कमिटीले आयोजना गरेको दशैँको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली कांग्रेस, माओवादी केन्द्र र लोसपाका कार्यकर्ता पनि एमाले प्रवेश गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले समृद्ध नेपाल, सुखी नेपालीको नारालाई पूरा गर्न एमालेको एकता आवश्यक रहेको बताउनुभयो । उहाँले अन्य पार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्नु पार्टीको सशक्तीकरण र देशको विकासको लागि महत्त्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गिरिधारीलाल न्यौपानेले एमालेको सशक्त संगठन बनाउन र जनताको सेवाका लागि प्रवेश गर्नेलाई धन्यवाद दिनुभयो ।








प्रतिक्रिया