२४ जेष्ठ २०८३, आइतबार

१४ जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असोज । १४ वटा जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरिने भएको छ ।

आज सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकले काठमाडौँ, ललितपुर र भक्तपुरसहित १४ वटा जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने भएको हो।

गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकमा अति प्रभावित जिल्लाका स्थानीय तहको पनि नाम उल्लेख गरी संकटग्रस्त क्षेत्र घोषणा गरिने उल्लेख गरिएको छ।

सरकारले ताप्लेजुङ, काभ्रे, पाँचथर, काठमाडौं, संखुवासभा, ललितपुर, सोलुखुम्बु, भक्तपुर, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक र धादिङलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने भएको हो ।