
विराटनगर, १८ असोज । विराटनगरमा ट्रकको ठक्करबाट एक व्यक्तिको मृत्यु भएकोपछि विराटनगर– १८ आइसीपी रोड तनावग्रस्त बनेको छ ।
गएराति आइसीपी जाँदै गरेको ना ४ ख २४८३ नम्बरको ट्रकले सोही दिशा तर्फ गइरहेका साइकलयात्री विराटनगर १८ लवाघाटका ६० वर्षीय श्याम साहलाई ठक्कर दिएको थियो ।
उहाँको उपचारका क्रममा मृत्यु भएको हो । आफन्त र स्थानीयले ट्रक चालकलाई कारवाही र परिवारलाई क्षतिपूर्तीको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।
प्रदर्शन नियन्त्रणका लागि प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले १० राउन्ड अश्रु ग्यास प्रहार गरेको छ । प्रहरीले ट्रक चालक सुनसरीको बर्जु गाउँपालिका-५ का ३० वर्षीय दिपक यादवलाई पक्राउ गरेको छ ।









प्रतिक्रिया