२८ असार २०८३, आइतबार

घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन स्वास्थ्यमन्त्री वीर अस्पतालमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बाढी तथा पहिरो लगायतका विपद्मा घाइते भई उपचाररत रहेकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

बिहीबार वीर अस्पतालको ट्रमा सेन्टरमा पुगेर स्वास्थयमन्त्री पौडेलले उपचाररत घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुराकानीगर्दै उनले अहिले ट्रमा सेन्टरमा ९ जना घाइतेहरु उपचाररत रहेको मा सवैको अवस्था साधारण नै रहेको बताए ।

अझैपनि उपचार आवश्यक रहेका नागरिकहरु छुटेमा उपचारका लागि अस्पताल आउन आग्रह गर्दे उनले घाइतेहरुको उपचार कसरी व्यस्थित गर्न सकिन्छ भन्ने विषयमा मन्त्रालय लागिपरेको बताए ।

उनले भने,‘धेरै त डिस्चार्ज भएर गइसक्नु भएको छ अहिले यहाँ ९ जनाविरामीहरु जसमा तीनजना इमरजेन्सिमा र ६ जना वार्डमा हुनुहुन्छ । उहाँहरुको राम्रो उपचार भइरहेको छ । आज दुई जना डिस्चार्ज हुँदै हुनुहुन्छ । घाइतेहरुलाई पनि बुझे उहाँहरु सन्तुष्ट हुनुहुन्छ । अझैपनि हामीले उपचार आवश्यक हुनु भएका नागरिकहरु हुनुहुन्छ भने उपचारका लागि अस्पताल आउन आग्रह गरेका छौं । हामीले बाढी पहिरो लगायतका विपद्मा घाइतेहरुकोउपचार कसरी व्यस्थित गर्न सक्छौं भनेर लागि परिरहेका छौं ।’

उनले निजी अस्पतालहरुलाई पनि विपद्मा परि घाईते भएकाहरुको निःशुल्क उपचारको लागि सहयोग गर्न अनुरोध गरेको भन्दै उपचार नपाएर समस्यामा पर्ने स्थित रहेको बताए ।